असार २३, २०८२ सोमबार July 7, 2025

विद्यालयको बरन्डामा शिक्षकको विभत्स हत्या, शंकास्पद दुईजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको विभत्स हत्या भएको छ । मंगलबार बिहान उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।

दैलेख प्रहरीका अनुसार शिक्षक बिसीको घाँटी रेटेर हत्या गरिएको छ । मंगलबार बिहान दूध पुर्याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणका लिएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजीत सुनारले हत्याको आशङ्कामा ती व्यक्तिहरूलाई नियन्त्रणका लगेर दैलेख सदरमुकाम पुर्याइएकाे प्रहरीले जनाएकाे छ । यद्यपि, उनीहरूकाे नाम भने खुलाइएकाे छैन । शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार