श्रावण २६, २०८३ मंगलबार August 11, 2026

विद्यालयको बरन्डामा शिक्षकको विभत्स हत्या, शंकास्पद दुईजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको विभत्स हत्या भएको छ । मंगलबार बिहान उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।

दैलेख प्रहरीका अनुसार शिक्षक बिसीको घाँटी रेटेर हत्या गरिएको छ । मंगलबार बिहान दूध पुर्याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणका लिएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजीत सुनारले हत्याको आशङ्कामा ती व्यक्तिहरूलाई नियन्त्रणका लगेर दैलेख सदरमुकाम पुर्याइएकाे प्रहरीले जनाएकाे छ । यद्यपि, उनीहरूकाे नाम भने खुलाइएकाे छैन । शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया