असार २४, २०८२ मंगलबार July 8, 2025

सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गर्नुभएको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गर्नु भएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ ।

सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ । सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन गर्न मद्दत गरेको थियो । ‘मेरो विचारमा मुख्य समस्या यो हो कि विदेशी सशस्त्र सेनाहरु संयुक्तराष्ट्र संघको अनुमोदन बिना र तपाइँको अनुमति बिना देशका केही क्षेत्रहरुमा रहेका छन् – पुटिनले असदलाई बैठकमा भन्नु भो ।

सिरियामा जारी द्वन्द्वमा रुस र सिरियाको संयुक्त प्रयासलाई सराहना गर्दै पुटिनले भन्नु भो– उनीहरुको सेनाले विशाल भूभाग सरकारी नियन्त्रणमा फिर्ता लिएको छ ।आतंकवादीहरूले धेरै गम्भीर क्षति बेहोरेका र असदको नेतृत्वमा रहेको सिरियाली सरकारले देशको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको पुटिनले बताउनु भो ।

सिरियाली नेताले असदले पुटिनलाई मस्कोमा भेट्नु एउटा ठूलो सम्मान भएको बताउनु भो । यस वैठकमा सिरियाका विदेश मन्त्री फैसल अल मेक्दाद र रुसका रक्षा मन्त्री सर्गेई शोइगुले वार्तामा सामेल हुनु भएको थियो । दुबै पक्षहरुबीच सिरियामा विदेशी हस्तक्षेप बिना राजनीतिक सम्झौताहरु हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ ।

पुटिन र असदबीच “आर्थिक सहयोग“ को विषयमा पनि थप छलफल भएको बताइएको छ । सिरियाको लागि रुसले राजनीतिक र सैन्य समर्थन गर्दै आएको छ । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार