असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल मार्शल आर्ट हप्किडो सङ्घमा घर्ती मगर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मार्शल आर्टस् हप्किडो सङ्घ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट पत्रकार मानबहादुर घर्ती मगर (एमबी आस्था मगर) अध्यक्षतामा सर्वसम्मत भएका छन् ।

समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेमबहादुर गुरुङ, सचिवमा प्रेम बुढा मगर, सहसचिवमा अर्जुन गाहा मगर र कोषाध्यक्षमा मदनकुमार जिसी तथा सदस्यमा कृष्णप्रसाद कोइराला, बिनाकुमारी पुन, चन्द्रकुमारी पराजुली, सबि शेरचन, श्यामबहादुर श्रेष्ठ, नरेन्द्रकुमार कार्की, किमी छ्योटेन गुरुङ, गीता राना र रामु दराई चयन भएका छन् ।

समितिको मङ्गलबार नै पहिलो बैठकले चार सल्लाहकारसमेत चयन गरेको छ । समितिको सल्लाहकारमा प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, कृष्णकुमारी श्रेष्ठ, श्रीमान् गुरुङ र डा कृष्णप्रसाद पौडेल रहेका छन् । यसैगरी संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्ती मगरलाई चयन गरिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्र बुढा मगरले खेलाडी र युवालाई स्वरोजगार बनाउन एकीकृत योजना बनाएर अगाडि बढ्ने बताएका छन् । हप्किडो खेलले विश्वसामु देशको गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दैै उनले रसियामा हुने विश्व हप्किडो प्रतियोगितामा सहभागी हुन पोखरामा प्रशिक्षण लिइरहेका नेपाली खेलाडीलाई पदक जितेर आउन अग्रिम शुभकामनासमेत दिए।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको जनाउँदै  हाल एक प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई पाँच प्रतिशत पुर्याउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हप्किडो महासङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगर,  जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँ, उपाध्यक्ष तारामाया थापा मगरलगायतले खेलकुदको महत्वमाथि प्रकाश पारेका तिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार