भाद्र १, २०८३ सोमबार August 17, 2026

प्रदेश सभाको हिउँदे अधिवेशन असोज २२ गते बोलाउन सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको छ ।

प्रदेश १ को ९ औं तथा हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले जनाकारी दिए। यस्तै मन्त्रिपरिषद्काे बैठकले प्रदेश लोकसेवा आयोग र प्रदेश योजना आयोगको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री साम्सोहाङले बताए।

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। सरकारले संसदबाट विश्वासको मत लिनु पर्ने भएकाले असोजमै हिउँदे अधिवेशन आह्वान गरिएको स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया