असार २४, २०८२ मंगलबार July 8, 2025

गोकर्ण रिसोर्टबारे सदनलाई जानकारी गराइयोस् : नेकपा सांसद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा, मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सदनलाई यथार्थ जानकारी दिन सरकारसँग माग गरेका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताएका छन । उनले भने, ‘आलोचना र विवादबाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । त्यसैले सरकारको तर्फबाट यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’
सरकारले हालै मात्र गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल टष्ट्रको कानून संशोधन गरेर यो निर्णय भएको हो । यस्तै नेपाल ट्रष्टमातहत रहेको दरबारमार्गको जग्गा पनि कौडीको भाउमा यती समूहलाई दिएको भन्दै आलोचना भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया