वैशाख २०, २०८१ बिहिबार May 2, 2024

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस परेको छ।

केही दिनयता आपसमा संवाद नभए पनि साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरूले बताइरहेका छन्। भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेका थिए।

भदौ १८ बाट कांग्रेसको वडा अविधेशन सुरु हुँदै थियो। कमसेकम वडा अविधेशनअघि साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल पक्षको प्रयास थियो। यसका लागि पौडेल पक्षका नेताहरूले लगातार ३ दिनसम्म बैठक गरेका थिए।

साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरू एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरूले १७ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए। तर त्यो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन।

भदौ १७ को पत्रकार सम्मेलनपछि साझा उम्मेदवार तय गर्ने विषयमा पौडेल पक्षका नेताहरूले संवाद नै गरेका छैनन्। पौडेल पक्षले गत सोमबार आफूनिकट केन्द्रीय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको थियो।

उक्त बैठकमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफलै भएन। डडेलधुरामा गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय उक्त बैठकले गरेको थियो। यो निर्णय गर्न पौडेल पक्षलाई सकस भएन। तर साझा उम्मेदवार टुंगो लगाउन भने सकस पर्ने देखिन्छ।

उम्मेदवारी घोषणा गरेका शेखरले जतिसक्दो छिटो साझा उम्मेदवार घोषणा हुने बताए। ‘हामीले जतिसक्दो चाँडो साझा उम्मेदवार घोषणा गर्छाैँ’, उनले भने, ‘संवाद नभएको भन्ने होइन, हामीबीच संवाद जारी छ।’

डडेलधुरामा भएको वडा अधिवेशनले पनि यसलाई विषयान्तर गरेको उनले बताए। तर पौडेल पक्षकै नेता बलबहादुर केसीले भने भदौ १७ पछि साझा उम्मेदवार चयन गर्ने विषयमा संवाद नै नभएको बताए। ‘काठमाडौंमा हुँदा बैठकका लागि मैले समन्वय गरेको थिएँ, अहिले म काठमाडौंबाहिर छु’, उनले भने, ‘त्यसैले बैठक हुन सकेको छैन।’

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। यसले साझा उम्मेदवार तय गर्न बाधा पर्ने देखिन्छ। पौडेल पक्षका एक नेताका अनुसार सभापतिमा दोहोरिने चाहना राखेका शेरबहादुर देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी दुई उम्मेदवार हुने सम्भावना छ।

देउवाले थप एक कार्यकालका लागि सभापति बन्ने चाहना राखेर सोहीअनुसार तयारी गरिरहेका छन्। पौडेल खेमा देउवालाई कुनै पनि हालतमा सभापतिमा दोहोरिन दिने पक्षमा छैन। तर महाधिवेशनमा पौडेल खेमाबाट सभापतिमा दुई उम्मेदवार भए देउवालाई चुनाव जित्न सहज हुने देखिन्छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार