असार २३, २०८२ सोमबार July 7, 2025

संखुवासभा हत्या काण्डः लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ।

हत्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट बरामद गरेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। उक्त हत्याकाण्डमा लोकबहादुरलाई सहयोग गरेको आशङ्कामा नरेशमाथि समेत छानबिन थालिएको उनले बताए। घटनाको अनुसन्धान गर्न १० प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ।

यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो। उनीहरुको हत्या आफूले गरेको लोकबहादुरले प्रहरी समक्ष स्वीकारेका छन्। उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

हत्यापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र सङ्खुवासभाका उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलको पुगेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार