असार २४, २०८२ मंगलबार July 8, 2025

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् ।

समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना सत्ता कब्जा गरेका तालिवानले आफूहरूले महिला र पुरूषलाई भेदभाव नगर्ने बताएका थिए ।

केही समयअघि तालिवानले विश्वविद्यालयमा महिला र पुरूष विद्यार्थीले अलग-अलग पढ्नुपर्ने नियम बसालेका थिए । त्यस्तै, सुरक्षा अवस्थामा सुधार नआउन्जेल कामकाजी महिलालाई घरमै बस्न तालिवानले निर्देशन दिएको थियो ।

पछिल्लो निर्णयसँगै अधिकांश अभिभावक र छात्राहरू तालिवान सरकारसँग झस्किएका छन् । तालिवान महिलाप्रति पहिला जस्तै कठोर बन्न खोजेको धेरैले आशंका गरेका छन् । सन् १९९० को दशकमा सत्तामा हुँदा तालिवानले बालिका र महिलाको अधिकारमा अंकुश लगाएको थियो । अफगान माध्यमिक विद्यालय १३ देखि १८ वर्षको उमेर समूहका विद्यार्थीका लागि लक्षित छन् । छात्र र छात्रा पढ्ने विद्यालय अलग छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया