काठमाण्डौंः प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका- ५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका- ५ कालिमाटीस्थित होटलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।
परियारले रेडपाण्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान फेला परेको नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका परियारबारे थप अनुसन्धान जारी रहेको बताइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया