असार २४, २०८२ मंगलबार July 8, 2025

एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न सक्दैन् : गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले मंगलबार आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताएका छन । “सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ”, नेता थापाले भने, “हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि संघर्ष गर्छ ।”

नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरेका छन । “नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोबाट मात्र नेपाल समृद्ध बन्न सक्छ”, थापाले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया