श्रावण १, २०८२ बिहिबार July 17, 2025

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दै छन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूूल्यमा सर्वसाधारणको सेयर उठाउँदै छन् ।

बजारमा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावका कारण सेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले भने यस्तो तथ्यमा ठूलो लगानीकर्ताको चलखेल भने देखाइरहेको छ ।

सोमबार प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले सेयर बजारको दोस्रो बजारमा ७ सय जना सेयरकर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १ सय जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूूला लगानीकर्ता सस्तोमा सेयर किनिरहेका थिए ।

सोमबार २ हजार ८१७ दशमलव ९८ बिन्दुबाट सुरु भएको बजार ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतले घटेको थियो । सोमबार कुल २२५ ओटा कम्पनीको १ लाख ७ हजार ५ सय ५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको थियो । सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५६ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक ६ दशमलव ३५ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ६ दशमलव ८ प्रतिशतले घटेको हो ।

त्यस्तै, बैंकिङ समूहको परिसूचक २ दशमलव ७ प्रतिशत, व्यापार समूहको ४ दशमलव ८ प्रतिशत, होटल एन्ड टुरिजम समूहको ४ दशमलव ७२ प्रतिशत, निर्जीवन बिमा समूहको ४ दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३९ प्रतिशतले घटेको हो ।

त्यसैगरी, अन्य समूहको ३ दशमलव ८७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३ दशमलव शून्य ७ प्रतिशत, जीवन बिमा समूहको परिसूचक ५ दशमलव शून्य ७ प्रतिशत, म्युचुअल फन्ड समूहको ३ दशमलव शून्य ८ प्रतिशत र लगानी समूहको परिसूचक ५ दशमलव ३९ प्रतिशत घटेको हो ।

कारोबार रकमका आधारमा सोमबार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ६५ लाख ३१ हजारको सेयर खरिदबिक्री भएको छ । कम्पनीको अन्तिम सेयर मूल्य ६ सय १ कायम भएको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको प्रतिकित्ता ६ हजार ६ सय ४५ मा २२ करोड ५५ लाखबराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबार मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम सेयरमूल्य ९८९ दशमलव ८० कायम भएको छ ।

गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयरमूल्य अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले घटेको छ ।

त्यस्तै, सिंगटी हाइड्रो इनर्जी, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनरको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।

१ असोजदेखि लागू हुनेगरी बैंकहरूले ब्याजदर बढाइसकेका र ब्याजदर अझै बढ्ने अनुमान गरिए पछि खासगरी सर्वसाधारण हतोत्साही भएको देखिएको छ । बैंकहरूले आकर्षक ब्याजदर दिन थालेपछि सर्वसाधारण सेयर कारोबारमा भन्दा पनि बैंकको ब्याजमा आकर्षित भएको देखिएको छ ।

कोरोना महामारीका कारण गत साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता रहेको थियो । तर, भदौदेखि लकडाउन खुकुुलो हुन थालेपछि तरलताको अभाव हुँदै ऋणको माग बढ्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूमा अहिले २० अर्ब रुपैयाँ मात्रै तरलता रहेको देखिएपछि बैंकहरूले बढी ब्याज दिँदै निक्षेप संकलन गर्न थालेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे

बजारमा तरलताको अभाव हुँदा जसल सेयर होल्ड गर्न सक्छ उसले नै फाइदा उठाउने भएकाले ठूला लगानीकर्ताहरूले सेयर बजार होल्ड गर्न थालेका छन् । सर्वसाधारण डराउँदै बेच्दै जाँदा नेप्से २५ सय अंकसम्म झरी पुनः ठूला लगानीकर्ताले तिहारपछि बेच्दै गई नाफा कमाउन सक्ने आँकलन गरिएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार