असार २५, २०८२ बुधबार July 9, 2025

एएफसी महिला एसियन कपः नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

समूह एफ मा आज नेपाल र हङकङ भिड्न लागेका हुन् । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आज जित्नै पर्ने दबाब छ।

त्यस्तै नेपालले फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्ने अवस्था छ । आफूभन्दा बलियो टोली हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपालले यस अघि हङकङसँग खेलेका दुबै खेलमा पराजित भएको छ ।

नेपाल सन् १९८६ मा १(० ले र १९८९ मा ३(० ले पराजित भएको थियो । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

जेएआर रंगशालामा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरु हुनेछ। छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग अन्तिम समयमा २-१ ले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया