असार २४, २०८२ मंगलबार July 8, 2025

सरकारी सेनाको कारबाहीमा तीस भन्दा बढी हुथी विद्रोहीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको सरकारी सेनाले सोमबार जानकारी दिएका छन्  ।

साउदी अरेबियाको नेतृत्वमा रहेको यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

उक्त हवाई आक्रमणमा ३० जना भन्दा बढी हुथी विद्रोही मारिएको बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया