श्रावण १, २०८२ बिहिबार July 17, 2025

कुलमानको नियुक्तिलाई निरन्तरता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि घिसिङको नियुत्तिले निरन्तरता पाएको छ।

सर्वोच्च अदालतको यो अन्तिम निर्णय भने होइन ।यसअघि प्रधानन्यायाधीशकै इजलासले जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा नियुक्तिसम्बन्धी सक्कल फाइल, घिसिङको नियुक्ति निर्णयको सक्कल फाइल तीन दिनभित्र झिकाउन आदेश गरेको थियो।

प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली माग गर्दै हितेन्द्रदेव शाक्यले गत साउन ३२ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। शाक्यले आफूलाई सरकारले गैरकानुनी तरिकाले हटाएको भन्दै पुनर्बहाली मागसहित रिट निवेदन दर्ता गरेका हुन्।

‘शाक्यलाई मन्त्रिपरिषद्ले उपकार्यकारी पदमा राखी जल तथा ऊर्जा आयोग सचिवालयको विशेषज्ञ पदमा नियुक्ति गरेको देखियो। निवेदकलाई पदबाट हटाइएको नदेखिएकाले अन्तरिम आदेश जारी गर्न परेन। विपक्षीबाट लिखित जवाफ आएको ३ दिनभित्र दुवै पक्षबाट हट्न हटाउन नपाउने पेसी तोक्नू’ जबराको एकल इजलासको आदेशमा छ।

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई साउन २५ मा ऊर्जा आयोगमा सरुवा गरेको थियो। शाक्यभन्दा पहिला घिसिङ नै प्राधिकरणको कार्यकारी निर्देशक थिए। – नागरिक  दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार