असार २४, २०८२ मंगलबार July 8, 2025

एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक छैन् : परराष्ट्रमन्त्री ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अनावश्यक शंकामात्र गरिएको बताएका छन् ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताएका छन ।
‘इन्डो प्यासिफिक रणनीति २०१७ बाट सुरु भएको देखिन्छ तर एमसीसीमा हामीले २०१७ मा सही नै गरिसका थियौं’ उनले भने ‘बनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको जस्तो देखिन्छ । एमसीसीलाई इन्डो प्यासिफिकसँग जोड्न आवश्यक छैन ।’

मन्त्री ज्ञवालीले संसदको अहिलेको अधिवेशनबाट एमसीसी पारित हुने बताएका छन । ‘नयाँ सदनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ । अनुमोदन हुन्छ त्यसमा अलमलिनुपर्दैन’ उनले भने । एमसीसीसँग सम्झौता हुँदा नेपालमा राजनीतिक दलहरुबीच विकासमा पनि तिक्ततापूर्ण सम्बन्ध भएका कारण बृहत्तर सहमतिको खोजीका लागि संसदबाट अनुमोदनको प्रावधान राखिएको हुन सक्ने मन्त्री ज्ञवालीले बताएका छन ।

एमसीसीमा भारतको सहमति लिनुपर्ने प्रावधान राखिएको भन्दै विरोध भइरहेको प्रसंगमा पनि मन्त्री ज्ञवालीले जवाफ दिएका छन । ‘क्रस बोर्डर प्रशारण लाइन बनाउने भनेर परियोजना छनोट गरेका छौं । यो छनोट ठीक छ भन्ने लाग्छ’ उनले भने ‘नेपालले नै योजना छनोट गरेको हो । क्रस बोर्डर भएकाले यो प्रोभिजन राखिएको हुन सक्छ । यसमा इफ एण्ड बट भनिरहनुपर्दैन ।’

एमसीसीमा नेपालले लेखा परीक्षण गर्न नपाउने व्यवस्था नै नरहेको भन्दै मन्त्री ज्ञवालीले यसमा पनि बुझाइ गलत भएको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया