असार २५, २०८२ बुधबार July 9, 2025

चौथो संस्करणको बजाज पल्सर इपिएल आजदेखि शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु-याएका छन् । यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् ।

टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप बढ्नेछ । सबै फ्रेन्चाइजले आफ्नो अन्तिम टोली घोाषणा गरि सकेका छन् । सबै टोलीमा ४–४ विदेशी खेलाडी छन् । प्लेइङ–११ मा तीन विदेशी खेल्न पाउनेछन् ।

यसपटकको इपिएलमा विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरी र ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल देखिने छैनन् । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस, बसन्त र ज्ञानेन्द्रले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।

उद्घाटन खेलमा उपत्यका डर्वीको काठमाडौं किङ्स इलेभेन र ललिपुर प्याट्रिएट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे हुनेछ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभेन पहिलोपटक फाइनल खेल्दै उपाधि जित्ने लक्ष्यमा छ । काठमाडौंमा पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी छन् । तर अफ्रिदी दुई खेलमात्र खेलेर फर्कने छन् । काठमाडौंमा युवा र अनुभवी खेलाडीको मिश्रण छ ।

ब्याटिङमा सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी, जिम्बावेका रयान बर्ल र अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन् । सुरुवाती दुई खेलमा अफ्रिदी हुँदा ब्याटिङ अझ मजबुत हुनेछ । सिद्धान्त र बर्ल आक्रामक ब्याटिङको क्षमता राख्छन् । सिंगापुरका जनक प्रकाश र अमरसिंह राउटेला मध्यगतिका बलिङ अलराउन्डर हुन् । यी दुवै ब्याटर तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । विश्व स्टार सन्दीप काठमाडौंमा मुख्य हतियार हुन् । सन्दीप पछिल्लो समय उत्कृष्ट लयमा छन् । नेपाली क्रिकेटका योर्कर किंग जितेन्द्र मुखिया पनि काठमाडौंमानै छन् । कागजी रुपमा सन्तुलित काठमाडौंले उपाधि जित्न सक्छ ।

यता, साविकको विजेता ललितपुर प्याट्रिएट्स कागजी रुपमा बलियो काठमाडौंलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । कप्तान ज्ञानेन्द्र मल्ल नहुदा टोलीलाई उनको अभाव खड्कन सक्नेछ । उनले व्यक्तिगत कारण इपिएलमा नहुने आफ्नो टोलीलाई बताइसकेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले टोलीको कप्तानी गर्नेछन् । ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।

लिगमा ६ टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छ । लिगमा शीर्ष दुईमा रहने टोलीबीचको पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ । तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्नेछ । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ । फाइनल २३ असोजमा हुनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार