असार २४, २०८२ मंगलबार July 8, 2025

तालिवानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो ।

तालिवानीमाथि प्रतिवन्द लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ ।

लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताएको थियो । २० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया