असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना खोपको ८० लाख मात्रा अक्टोबरमा निर्यात गर्दै भारत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतले कोरोना भाइरस विरुद्धको खोपको ८० लाख मात्रा निर्यात गर्ने भएको छ ।

विदेशमा खोप निर्यातमा लगाइएको प्रतिबन्ध सकिएपछि अक्टोबरको अन्त्यमा सो मात्रामा खोप निर्यात गरिने विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले शनिवार बताएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिङ्टनमा आयोजित क्वाड बैठकमा निर्यात थाल्ने बाचा गरेका छन् । जोन्सन एनड जोन्सनको एक मात्रा मात्रै प्रयोग गरे पुग्ने ८० लाख मात्रा मध्ये अधिकांश खोप एशिया–प्रशान्त क्षेत्रका देशहरुमा पठाइने विदेश सचिव हर्षवर्धन शृङ्लाले शनिवार पत्रकारहरुलाई भनेका हुन् ।

यो अक्टोबरको अन्त्यमा तयार हुने र यो क्वाडको तर्फबाट हिन्द–प्रशान्त क्षेत्रमा तत्कालै पठाइने उनको भनाइ छ । भारत विश्वको सबैभन्दा ठूलो खोप उत्पादक हो ।
यस वर्षको शुरुमा भारतले सन् २०२२ को डिसेम्बरसम्ममा एक अर्ब मात्रा खोप निर्यात गर्ने बाचा गरेको थियो । तर कोरोना भाइरसको संक्रमण विष्फोटक रुपमा भारतमा फैलिएपछि सरकारले मेमा खोपको निर्यातमा प्रतिबन्ध लगायो । यही हप्ता भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया