असार २५, २०८२ बुधबार July 9, 2025

एभरेस्ट प्रिमियर लिगः काठमाडौं किङ्सद्वारा ललितपुर प्याट्रीयट्स ७ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट शनिवारदेखि सुरु भएको छ । ईपीएलको उद्घाटन खेल काठमाडौँ किङ्स–११ र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा भएको थियो ।

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा काठमाडौँ किङ्सले ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौँले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

काठमाडौँको जितका लागि रायन बर्ल र रहमानउल्लाह गुर्बाजले अर्ध शतकीय इनिङ्स खेले । रायनले अविजित रहँदै ७३ रन जोड्नुका साथै ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । उनी प्लेयर अफ दि म्याच समेत चुनिन सफल भए ।

गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै राजु रिजाल १९ रनमा अविजित रहे भने अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल शून्य रनमा आउट भए ।

ललितपुरका पवन सर्राफले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो  ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शङ्कर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।

ओशाडा फर्नान्डो ४, संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे ।

काठमाडौँका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २/२ विकेट लिए । काठमाडौँका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् । जितसँगै काठमाडौँले पहिलो खेलमा २ अङ्क जोडेको छ ।

इपीएल अन्तर्गत आइतबार दुई खेल हुने छन् । पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स साथै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज भिड्ने छन् ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार