श्रावण १, २०८२ बिहिबार July 17, 2025

कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए ।

उच्च हिमाली क्षेत्रमा पर्ने जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकाले दसैंअगाडि नै अधिवेशन गर्न लागिएको छ । ‘दसैंअघि नै २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारीमा छौं, हिउँ पर्ने र चिसो बढ्ने भएकाले ती जिल्लामा दसैंअघि नै अधिवेशन सम्पन्न गर्ने तयारी भएको हो, केही जिल्लामा एक दुई दिन यताउता पनि होला,’ निर्वाचन समिति संयोजक यादवले भने । गत ७ असोजमा बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा दसैंअघि र पहाडी तथा तराईका जिल्लामा दसैंपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी जिल्लामा १८ असोजभित्र जिल्ला अधिवेशनअघिका सबै प्रक्रिया पूरा गरेर जिल्ला अधिवेशन गरिने छ । रसुवामा भने वडा अधिवेशन नै भएको छैन ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने वडा अधिवेशन सम्पन्न भएकामध्ये ६० जिल्लामा पालिकातहका अधिवेशन पनि सम्पन्न गरिसकेको छ । वडा अधिवेशन सकिएका काठमाडौंसहितका केही जिल्लामा भने पालिका अधिवेशन हुने प्रक्रियामा छ ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार