काठमाण्डौंः नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले दशैं, तिहार स्किम ‘होन्डाको साथ’ सार्वजनिक गरेको छ । नेपालमै पहिलो पटक ७ वटै प्रदेशलाई समावेश गरिएको यो योजनामा हरेक प्रदेशबाट होन्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।
योजना अवधिभर होन्डाका ग्राहकले स्क्र्याच कुपनमार्फत हात खाली नजाने गरी १ लाखसम्म नगद उपहार प्राप्त गर्नेछन् । योजनाअन्तर्गत ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्म ९ वटा बोनस सर्भिस कुपन पाउनेछन् ।
होन्डा बिगबाइक खरिदमा ४० हजारसम्मको नगद फिर्ता पाइनेछ । योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा पनि होन्डा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।
बम्परमा सहभागी १ जना ग्राहकलाई १५ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । आर्थिक अभियानबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया