जेठ ६, २०८१ आइतबार May 19, 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

उनले आजको बैठकमा सोमबारको बैठकमा पेश गरिएका तीनवटा प्रस्तावमाथि छलफल हुने बताए । सोमबारको बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्ताव पेस भएको थियो ।

आजबाट यीनै प्रस्तावमाथि छलफल सुरु हुनेछ । राष्ट्रिय सम्मेलनसम्बन्धी प्रस्तावमा आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।

प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गनुपर्ने उल्लेख छ । यसअघि सो पार्टीले सदस्यता नवीकरण मिति भदौ मसान्तसम्म निर्धारण गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया