असार २५, २०८२ बुधबार July 9, 2025

साफ च्याम्पियनसिप फुटबलः नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१ औं मिनेटमा अन्जन विष्टले गोल गर्दैं नेपाललाई दुई गोलको अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा श्रीलंकाका माभिन हमिल्टनले गोल गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो ।

खेलको ४६ औं मिनेटमा मैदान प्रवेश गरेका आयुष घलानले ८५ औं मिनेटमा विजयी गोल गर्दै नेपाललाई जित दिलाए ।  खेलको अतिरिक्त समयमा श्रीलंकका डिलन डि सिल्भाले पेनाल्टी मार्फत गोल गदैं खेललाई ३–२ को अवस्थामा पुर्याएपनि श्रीलंकाको हार टार्न सकेनन् ।

नेपालले १९८४ देखि अहिलेसम्म भएका १७ खेलमा श्रीलंकालाई तीन पटक मात्र हराएको थियो, यो जित श्रीलंका माथिको चौथो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालले यस जित सँगै २ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाको यो दोस्रो हार हो । पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार