काठमाण्डौं: भारतीय टिभी जगतका अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीले आत्महत्या गरेका छन् ।
३७ वर्षका चर्चित अभिनेता एवं बलिउड नायक कुशाल पंजाबी बिहिबार राति आफ्नै घर भित्र झुण्डीएको अवस्थामा फेला परेको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।
संचार माध्यमका अनुसार पंजाबिको शुक्रबार मध्यान्ह १ बजे अन्तिम दाह संस्कार गरिने बताएको छ । हेयर ट्रान्सप्लान्ट शल्यक्रिया गडबड भएको कारण कुशाल डिप्रेशनबाट गुज्रिरहेका थिए ।
कुशालको निकै मिल्ने साथी र टिभी जगतका अभिनेता करनवीर बोहराले आफ्नो सोसल ह्यान्डलमार्फत् कुशलको मृत्युको जानकारी दिएका थिए ।
करनवीरले कुशालका लागि एउटा नोट लेख्दै ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन । मलाई थाहा छ तिमी यहाँ भन्दा राम्रो स्थानमा छौ । तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ । म सधैं तिमीलाई डान्सिङ ड्याडीको रुपमा याद गर्नेछु ।’ भन्दै सामाजिक संजालमा स्टाटस समेत पोष्ट गरेका थिए ।
सन् १९९५ मा रिलिज भएको ‘अ माउथ फुल अफ स्काय’ बाट टिभी करियरको सुरुवात गरेका कुशलले ‘लभ म्यारिज’, ‘कसम से’, ‘देखो मगर प्यार से’, ‘डन’ जस्ता विभिन्न सिरियलमा काम गरि सकेका छन् ।
कुशालले बलिउड को लक्ष्य, सलाम ए इश्क, हमको इश्क ने मारा जस्ता फिल्ममा समेत काम गरिसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया