असार २३, २०८२ सोमबार July 7, 2025

फुल चार्जमा २४० किलोमिटर रेन्ज दिने सिम्पल ई-स्कुटरको मूल्य कति पर्छ ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ओला स्कुटर लन्च भएसँगै सिम्पल वानले पनि ई–स्कुटर लन्च गरेको छ । जसको मूल्य १ लाख १० हजार भारु तोकिएको छ । उक्त स्कुटर १९४७ भारुमा बुकिङ सुरु भइसकेको छ । सिम्पल वान इलेक्ट्रिक स्कुटरले फुल चार्जमा २४० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

४ कलर अप्सन

इलेक्ट्रिक स्कुटरमा स्पोर्ट डिजाइन र डिजिटल कस्टमाइज ड्यासबोर्ड उपलब्ध रहेको छ । साथै ब्लुटुथ कनेक्टिभिटी र टायर मनिटरिङ सिस्टम पनि उपलब्ध रहेको छ । सो स्कुटर रातो, सेतो, कालो र निलो रङमा उपलब्ध छ ।

लिथियम आयोन ब्याट्री

सो स्कुटर कम्पनीको भारतमा पहिलो स्कुटर हो । जसको प्रतिस्पर्धा एथर ४५०एक्स र ओला स्कुटरसँग हुनेछ । सिम्पल वान इलेक्ट्रिकमा ४.८ केडब्ल्युएच लिथियम आयोन ब्याट्री समावेश गरिएको छ । उक्त ब्याट्री फुल चार्जमा इको मोडमा २४० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ ।

टप स्पिड

सो स्कुटर ३.६ सेकेन्डमा ५० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्ने क्षमता रहेको छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । सो इलेक्ट्रिक स्कुटर भारतमा उपलब्ध सबै इलेक्ट्रिक स्कुटर भन्दा बढी रेन्ज प्रदान गर्न सक्ने विश्वास गरिएको छ ।

तमिलनाडु राज्यमा प्लान्ट

कम्पनीले तमिलनाडुको होसुरमा २ लाख वर्गफुटमा प्लान्ट तयार गरिरहेको छ । पहिलो चरण सिम्पल वान इलेक्ट्रिक स्कुटर महाराष्ट्र, दिल्ली, राजस्थान, गोवा, उत्तर प्रदेश र गुजरात सहित १३ राज्यमा लन्च गरिनेछ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया