असार २३, २०८२ सोमबार July 7, 2025

रातिभन्दा बिहानको ‘सेक्स’ फाइदाजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः थुप्रै मानिसमा शरीरिक सम्बन्धका बारेमा अनेकन भ्रम हुन्छन्। यस्तै भ्रम मध्येको एक हो कुन समयमा शरीरिक सम्बन्ध राख्दा राम्रो हुन्छ। अध्ययनका अनुसार रातिको समयभन्दा बिहान सेक्स गर्दा राम्रो हुन्छ।

अहिले त चिसो मौसम छ। शारीरिक सम्बन्ध राख्दा न्यानो प्रदान हुनुका साथै फ्रेस पनि पार्छ। बिहानै चिसो मौसममा उठ्न धेरैलाई मन लाग्दैन। यदि तपाई बिवाहित जोडि हुनुहुन्छ भने बिहानको बिहानको समयमा शारीरिक सम्बन्ध राखेर न्यानो पैदा गर्न सक्नुहुन्छ।

थुप्रै अध्ययनले रातकोभन्दा बिहानको समयमा सेक्स गर्दा निकै फाइदा पुग्ने देखाएका छन्। बिहानको समयमा पार्टनरको शरीर आफ्नो उर्जाको स्रोत बन्न सक्छ।

विहानको बेला उर्जाले भरिएको हुन्छ शरीर। अचेल मानिसहरू दिनभरको दौडधुपले थाकेका हुन्छन्। आफ्नो परिवार र बच्चाका लागि समय दिने फुर्सद नै हुँदैन। बिहानै निस्केको मानिस राति मात्रै घर आउँछ। खाना खाने वित्तिकै थाकेको शरीर सुत्न खोज्छ। श्रीमति पनि घरमा दिनभरको कामले थाकेका हुन्छन्।

जसले गर्दा उनीहरूको सेक्स लाइफ दिनकै निरास हुँदै जान्छ। यस्तो दिनचर्यामा थाकेको पुरुष सेक्स गर्नेवित्तिकै थाक्छ। तर, यसको बिपरित बिहानको समयमा सेक्स गर्ने हो भने शरीरमा इनर्जि हुन्छ। र, उनीहरूले शारीरिक सम्बन्धबाट भरपुर आनन्द लिन सक्छ।

सेक्सले आनन्द मात्र दिने नभएर तनाव भगाउने काम पनि गर्छ। एक रिसर्चका अनुसार बिहानको समयमा सेक्स गर्दा अक्सिटोनिस नामको हार्मोन बन्छ। जसले मानिसमा तनाव कम गर्न मद्दत गर्छ। यही हार्मोनका कारण मानिस शारीरिक सम्बन्धको समयमा कुनै अरु तनावबाट टाढा हुन पुग्छ। र, शारीरिक रूपमा पुरै सन्तुष्ट रहन पुग्छ। जसले शरीरमा रिल्याक्स पैदा गर्छ।

पुरुषमा बन्ने टेस्टोटेरोन हार्मोन एक महत्वपूर्ण हार्मोन हो। यसै हार्मोनका कारण पुरुषमा पुरुषत्व विकास हुन्छ। जस्तोकी दाडिजुंगा आउनु आदि। थुप्रै अध्ययनका अनुसार बिहानको समयमा सेक्स गर्दा टेस्टोटेरोन बढ्न पुग्छन्। यसका कारण योनाङ्गमा कडापन आउने हुन्छ। जसले आफ्नो योन साथिको इच्छा पुरा गर्न सहयोग पुग्छ।

बिहानको समयमा सेक्स गर्दा हामी तनाव मुक्त हुन पुग्छौं। जसको सिधा असर हाम्रो अनुहारमा पर्छ। मानिस तनाबमा हुँदा पिम्पल र अनुहारमा रुखोपन आउँछ। तर, बिहानको समयमा सेक्स गर्दा फ्रेसपन मिल्छ। जसले गर्दा मानिस दिनभर फ्रेस रहन्छ।

बिहानको सेक्सले बढी फाइदा पुरुषलाई पुग्छ। बिहानको समयमा सेक्स गर्दा बिर्य बढ्छ। बिहानको समयमा सेक्स गर्दा बिर्य बढ्ने मात्र नभएर यसको गुणत्वमा समेत विकास हुन्छ। अनुसन्धानका अनुसार बिहानको समयमा सेक्स गर्दा गर्भाधारणमा मद्दत पुग्ने देखिएको छ।

डाइबेटिजको जोखिमलाई कम गर्न पनि सेक्सले मद्दत गर्छ। शारीरिक सम्पर्क राख्दा रक्तप्रवाह बढ्ने हुन्छ। बिहानको फ्रेस समयमा सेक्स गर्दा रक्तप्रवाह बढ्दा शरीरमा स्फुर्ति बढ्छ। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया