असार २३, २०८२ सोमबार July 7, 2025

बागमती प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बागमती प्रदेशमा आज प्रदेश सभाको बैठक बस्दैछ । आइतबार अपरान्ह ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको हो । आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् ।

आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैंपछि हुने बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काको भनाई छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

नेकपा एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेको छ । बागमती प्रदेश सभा एक सय नौ सदस्यीय छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ । तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन् ।

मुख्यमन्त्री शाक्य अल्पमतमा छन् । उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै उनले विश्वासको मत जुटाउन सक्छिन् तर अवस्था त्यस्तो छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया