असार २४, २०८२ मंगलबार July 8, 2025

विप्लव नेकपाका मेची-कोसी इन्चार्ज उमा भुजेलसहित चार पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका मेची-कोसी ब्युरो इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार र शनिबार गरी प्रतिबन्धित नेकपाकी मेची-कोसी ब्युरो इन्चार्ज उमा भुजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहित चार जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट आजै (शनिबार) बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामा मेची(कोसी ब्युरो कार्यालय सचिव सुमन सिंहलगायत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया