असार २४, २०८२ मंगलबार July 8, 2025

पैसा कमाउन अपनाउनुहोस् यी ३ तरिका, जसले हजुरलाई सफल बनाउँछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ, पैसा कसरी कमाउने ? सुख-सयल कसरी प्राप्त गर्ने? धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन्। कोही सफल हुन्छन् भने कोही असफल हुन्छन्। केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन्। संसारमा अवैध तरिकाले पैसा कमाउने : नेपाल जस्ता अल्पविकसित देशका नागरिकको सोचाई हुन्छ, आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउँ, आफ्नो एउटा सानो घर हाओस्, बिरामी पर्दा सामान्य उपचार गर्न पाइयोस्।

समाजमा आनो प्रतिष्ठा हाओस्। धेरैको यस्तै चाहना हुन्छ। तर पैसा कमाउने विषय त्यत्ति सहज भने छैन। यसमा केही नयाँ सोच र तरिका जरुरी पर्दछ। संसारभरमा नै पैसा कमाउन नचाहने मानिस कमै होलान्। पैसा कमाउनका लागि कोशिसि पनि आवश्यक पर्दछ। त्यसका लागि सबैभन्दा पहिले आनो क्षमता बढाउनु जरुरी हुन्छ। क्षमताको प्रयोग गरेर रोजगारी या कारोवार गर्नु उत्तम हुन जान्छ। त्यसबाट बचत तथा लगानीका लागि थप अवसर समेत खोज्न सकिन्छ। वित्तीय क्षेत्रका जानकाहरु भन्छन् पैसा कमाउनका लागि सपना मात्रै देखेर पनि हुँदैन। त्यसका लागि सही र सहज प्रयास समेत गर्नु जरुरी हुन्छ।

सपना देख्नुस्स : सपना देख्नेले मात्रै समाजमा ठूलो प्रतिष्ठा, मान प्रतिष्ठा र पैसा समेत कमाउन सक्छ। सपना नदेख्ने र महत्वाकाक्षा नराख्नेले समाजमा कुनै पनि प्रकारको प्रगति गर्न स्क्दैन। सपना र महत्वाकाक्षाले मात्रै तपाईको दायरलाई फराकिलो बनाउन सहयोग पुग्छ। यदि तपाई केही ठूलो काम गर्ने र सपना देख्नुहुन्छ तब तपाईलाई त्यसले केही न केही थप मार्ग प्रशस्त गरिदिन्छ। सपना देख्नले नै त्यसलाई पूरा गराउन हरसम्भव प्रयास गर्दछ। आफूलाई सफल बनाउन प्रयत्न गर्न स्क्छ। तपाईको त्यस्तो सपनाको कसरी पूरा गर्न सकिन्छ। त्यसका लागि तपाईलाई उपयुक्त लाग्ने योग्य व्यक्तिको समेत सहयोग लिन सक्नुहुन्छ।

आफ्नो क्षमताको पहिचान : जानकारहरु भन्छन्, तपाईको क्षमता, योग्यता के हो त्यो पहिचान गर्नुस् । त्यसले तपाईलाई सफल हुन मद्दत मात्रै गर्दैन, मार्गनिर्देशन समेत गर्दछ। तपाई आनै बारेमा यो जान्न जरुरी छ कि तपाई सबैभन्दा सहज र सपजलो तरिकाले के कमा गर्न सक्नुहुन्छ। तपाईले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ । यसलाई ध्यानमा राख्नुस कि जीवनमा सफलता हासिल गर्न वा पैसा कमाउनका लागि मतिस्कलाई सही दिशामा लगाउन जरुरी हुन्छ।

कडा मेहनतको विकल्प छैन : पैसा कमाउने विषय सजिलो र सहज छैन। त्यसका लागि कडा मेहनत र डेडिकेशनको जरुरी पर्दछ। असाध्यै तल्लो तलबाट माथि उठेका संसारका ठूला मान्छेहरुले जीवनमा गरेको संघर्षका कथा पढ्नुस्। दुःखबाट सफलता हासिल गरेर व्यक्तिको कथा र जीवन संघर्षले तपाईलाई प्ररित गर्दछ। तपाईको क्षमता बढाउन र मेहनत गर्नका लागि त्यसले तपाईलाई प्रेरित गर्दछ। वारने बफेट हुन वा अमेजनका मालिक वा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश आम्बानीले सपना देखेका कारण नै सफलता हासिल गरेका हुन्। कुशलतापूर्वक सफलता हासिल गर्न सकिन्छ। सफलता हासिल गर्नका लागि तपाई सधै तत्पर समेत हुनुपर्दछ। तपाईको सपना पूरा गर्न कडा मेहनत गरेपछि त्यसले मात्रै स्वर्णिम भविष्यको उज्यालो सम्भावना तय गर्न सक्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया