असार २५, २०८२ बुधबार July 9, 2025

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिनुभयो । युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको खेल यही कात्तिक १२ गतेसम्म प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी क्रिकेट क्लब सुनसरी, रन्जीतपुर राइडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लब सप्तरी, बजाज युथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राइडर्स सप्तरी, तिलाठी कोइलाडी एलेभेन सप्तरी, लायन्स क्लब सप्तरीलगायतको सहभागिता रहने जनाइएको छ ।

उल्घाटन खेलमा लहान क्रिकेट क्लब, सिरहा र फूलबारी क्रिकेट क्लब, सुनसरीबीच प्रतिस्पर्धा हुने प्रतियोगतिा खेलको प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्ने क्लबका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताउनुभयो । त्यस्तै जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लब सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र यूनाइटेड क्रिकेट क्लब पर्सा सहभागी हुने आयोजित पत्रकार सम्मेलनमा क्लबका सचिव राजेन्द्रकुमार मुखियाले जानकारी दिनुभयो ।

खेलमा सप्तरीबाट छ, धनुषाबाट दुई, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट एक÷एक वटा टिमको सहभागिता हुने जनाइएको । करिब रु १५ लाख बराबरको खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारको रुपमा नगद रु एक लाख, ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद रु ५० हजार, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार