काठमाण्डौंः प्रतिनिधि सभाको कात्तिक ९ गते मंगलवारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा मंगलवार जारी सूचनापत्रमा विशेष कारणबश बैठक बस्न नसक्ने उल्लेख छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्काे बैठक कात्तिक ११ गते बिहीवार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया