असार २४, २०८२ मंगलबार July 8, 2025

अर्को निर्वाचनमा नेकपाको एक्लै दुई तिहाइ बहुमत : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उनले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताएका छन ।

‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं’ चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा उनले भने ।
प्रचण्डले जनतासँग नङमासुको सम्बन्ध बनाएर जनसेवाको काममा अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन । ‘पार्टी अझै एकतावद्ध भएर विचारमा स्पष्ट र संगठित भएर जनताको सेवामा समर्पित हुन जरुरी छ’ उनले भने ।

हार्ने कल्पनै नगरेको ठाउँमा हारियो
मंसिर १४ गतेको उपनिर्वाचनबाट केही शिक्षा र केही उत्साह प्राप्त भएको प्रचण्डले बताएका छन । ‘हार्ने कल्पना नगरेको ठाउँ पनि हारियो, जसबाट गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता छ’ उनले भने ‘यसको मुख्य कारण पार्टी र जनताबीचको सम्बन्ध जति सजिव, जति गतिशील र जीवन्त हुनुपथ्र्यो त्यसको कमीका कारण कन्फ्यजन भयो भन्ने निश्कर्ष निकालेका छौं ।’ पार्टी संस्थागत भएपछि र अभियान सञ्चालन गर्न थालेपछि उत्साहपूर्ण वातावरण फर्काउन सकिने प्रचण्डले बताएका छन ।
नेकपा नेतृत्वको सरकारको अघिल्लो दुई वर्ष कानून बनाउँदा र छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउँदा बितेको भन्दै अब जनसेवाको काम गर्ने पनि उनले बताएका छन ।
‘विकास र समृद्धिको हिसाबले पनि अभियान सुरु त भएको छ । तर जनताले जुन गतिमा खोजेको छ । अझै त्यो उत्साह आइसकेको छैन’ उनले भने ‘गएको वर्ष कानुन बनाउने कुरामा ध्यान गयो, छिमेकीसँग सम्बन्ध सुदृढ बनाउने कुरामा पनि ध्यान गयो । धेरै छिमेकीका नेताहरुको भ्रमण भयो ।’

चीनका राष्ट्रपतिको नेपाल भ्रमण र ऐतिहासिक भएको र भारतबाट पेट्रोलियम पाइपलाइन उद्घाटन हुने ठूलो कुरा भएको भन्दै उनले पूर्वपश्चिम र उत्तर दक्षिण रेल मार्ग निर्माण पनि अघि बढेको बताएका छन ।

प्रचण्डले कालापानी, लिपुलेक लिम्पयाधुरासम्बन्धी विवाद नेपाली भूमिबाट विदेशी सेना हटाउने अवसर पनि हुन सक्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार