असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेसको असहमतिबीच सूचना प्रविधिसम्बन्धी विधेयक विकास समितिबाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सांसदको विरोधका बाबजुद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो ।
नेपाली कांग्रेसका सांसदहरुले विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको माग गरेका थिए । नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, संविधानको मर्म र भावना विपरीत विधेयक पारित गर्न खोजेको भन्दै काङ्ग्रेस सांसद बहादुर सिंह लामाले फरक मतको पत्र सभापति कल्याणी खड्कालाई बुझाएका थिए ।
समिति बैठकमा विधेयकमाथि हात उठाएर मत जाहेर गरिएको थियो । कांग्रेस सांसद रङ्गमती शाही, बहादुरसिंह लामा र राम बहादुर विष्‍टले विपक्षमा हात उठाए ।
विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।
यो प्रावधानमा कांग्रेसले असहमति राखेको छ । समिति बैठकबाट पारित भएपछि यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार