काठमाण्डौंः प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार एक सुचना जारी गर्दै आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएको छ ।
मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी गरिरहेका थिए । तर नेपाली काँग्रेस र जनता समाजवादी जसपाले फ्लोर क्रस गर्ने सम्भावना बढेको भन्दै प्रदेशसभा बैठक स्थगित गर्न निवेदन परेको थियो ।
नेपाली काँग्रेस प्रदेश १ ले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै नेकपा एससँग आधाआधा कार्यकाल मुख्यमन्त्रीको दावी गरिरहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया