काठमाडौंः नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने बाईवा विश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई विहीबार खेल पोशाकसहित विदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिडलाई पत्राचारसमेत गरिएकोमा अन्त्यमा खेलाडीहरुको उपस्थिति रहेन ।
खेलाडी अनुपस्थित रहेता पनि लोकतान्त्रिक खेलकूद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रिक खेलकुद संघ सधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्दै जित हात पार्न शुभकामना व्यक्त गरे ।
उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विविध नगदको घोषणा समेत गरे। जस्तै प्रत्येक बाउट जिते बापत २५ हजार स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार प्रदान गर्ने घोषणा समेत गरे ।
उनले खेलाडीहरु अनुपस्थिती रहेता पनि उक्त च्याम्पियनसिपमा सहभागिता चार खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक ट्रायकसुट संघका केन्द्रिय सदस्य ओम नारायण श्रेष्ठ मार्फत खेलाडीहरुलाई हस्तान्तरण गरे । जनभावनाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया