असार २५, २०८२ बुधबार July 9, 2025

विश्वकप टि २० क्रिकेटः श्रीलङ्काले बङ्गलादेशलाई पाँच विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वकप टि२० क्रिकेट प्रतियोगितामा श्रीलङ्काले आइतबार बङ्गलादेशलाई पाँच विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गर्न क्रिजमा आएको बङ्गलादेशले निर्धारीत २० ओभरमा चार विकेटको क्षतिमा १७१ रन बनाएको थियो । चरिथ असलङ्काले संकटको समयमा शानदार पालि खेलेपछि श्रीलङ्काले बङ्गलादेशद्वारा प्रस्तुत कठिन लक्ष्य हािसल गर्न सफल भयो ।

श्रीलङ्काले जवाफ दिने क्रममा पहिलो ओभरमा नै कुशल परेरालाई गुमायो । त्यसपछि दशौँ ओभरमा ७९ रन बन्दा श्रीङ्काले चार विकेट गुमाइसकेको थियो । तर असलङ्काले ४९ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेर अविजित ८० रनको दर्शनीय पालि खेली श्रीलङ्को उद्धार गर्नुभयो ।

असलङ्कालाई भानुका राजपक्षेले पनि उचित साथ दिनुभयो । राजपक्षेले ३१ बलमा ५३ रनको पालि खेल्नुभयो । यी दुई ब्याट्सम्यानले पाँचौँ विकेटको साझेदारीमा ८६ रनको साझेदारी गरेपछि श्रीलङ्काले सात बल बाकी छँदै पाँच विकेटको क्षतिमा १७२ रन बनाएर लक्ष्य हािसल गरयो । विश्वकप टि२० मा श्रीलङ्काले यति धेरै रन पछ्याएको यो पहिलो पटक हो ।

यसअघि, बङ्गलादेशका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद नइमले सर्वाधिक ६२ रन बनाउनुभएको थियो । नइम आउट भएपछि बङ्गलादेशका अनुभवी ब्याट्सम्यान मुस्फिकर रहिमले ३७ बलमा अविजित ५७ रन बनाएर बङ्गलादेशको पालि राम्रो बनाउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार