असार २५, २०८२ बुधबार July 9, 2025

गणेशमान सिंह राष्ट्रिय टेनिस ९ गतेदेखि शुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राजनीतिका लौह पुरुष बीर गणेशमान सिहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गते सम्म आयोजना गर्ने भएको छ ।

वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्ता सम्म पुयाउदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्देश्य अनुरुप टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघि एपलेटिक्स र बक्सिन आयोजना गर्दै आईरहेकोमा यस पटक टेनिसलाई पनि समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथिको एकल र युगल तथा ६५ वर्ष माथिको एकल र जुनियर तर्फ यु ८, ९, १०, १२, १४ र खुला छात्र तथा छात्राको विधामा करिव ४ सय खेलाडीहरुको 26 Oct – 2 Nov सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा जनाएका छन् ।

सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिताको लागत करिव २० लाख रहेको आयोजकले जनाएको छ । जसमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिषं तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, ४० हजार र २० हजार, युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५, बर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार पाउने छन् ।

युगलले २५, १५ र १० हजार ४५ वर्ष माथि एकल तर्फका शिर्ष तीनले ३०, १५ र ५ युगल तर्फ २०, १०, १० हजार ५५ वर्ष माथि एकलले २० हजार, १० हजार ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ वर्ष माथि एकलले १५ हजार ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने छन् । यस्तै जुनियर विधामा विजयी खेलाडीहरुलाई गिफ्ट स्याम्परबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया