असार २५, २०८२ बुधबार July 9, 2025

आईसीसी टी-ट्‍वान्टीः भारतमाथि पाकिस्तानको ऐतिहासिक जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । आईसीसी टी-ट्‍वान्टी २०२१ को गएराती सम्पन्न खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो ।

यो जीतसँगै पाकिस्तानले अहिलेसम्मको विश्वकपमा भारतलाई पहिलोपटक पराजित गरेको हो । दुवई इन्टरनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारत २० ओभरमा सात विकेट गुमाउँदै १५१ रनमा समेटिएको थियो ।

भारतका कप्तान विराट कोहलीले ५७ रनको सर्वाधिक रन बनाउँदै टी-ट्‍वान्टी विश्वकपमा आफ्नो दशौं अर्धशतक बनाएका थिए । पाकिस्तानका तीव्रगतिका बलर साहिन साह अफ्रिदीले पहिलो ओभरमा ओपनर रोहित शर्मालाई गोल्डेन डकआउट र तेस्रो ओभरमा अर्का ओपनर केएल राहुललाई बोल्ड गर्दै सुखद सुरुवात दिलाएका थिए ।

१५२ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले बिना विकेट १७ दशमलव ५ ओभरमा लक्ष्य पूरा गर्दै ऐतिहासिक जीत निकालेका हुन् ।

पाकिस्तानको जीतमा ओपनरद्वय कप्तान बाबर आजमले अविजित ६८ रन र मोहम्मद रिजवानले अविजित ७९ रनको पारी खेलेका थिए । बाबर र रिजवानको यो साझेदारीले टी-ट्‍वान्टी विश्वकपमा नयाँ कीर्तिमानी बनाएको छ ।

यसअघि सन् २००७ को विश्वकपमा वेष्टइन्डिजका क्रिस गेल र डेवन स्मिथले १४५ रनको साझेदारी बनाएका थिए । हिजै सम्पन्न पहिलो खेलमा भने श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेल अफगानिस्तान र स्कटल्याणडबीच साँझ ७.४५ बजे खेलिंदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार