काठमाडौं । घोषित मितिमा नेपाली कांग्रेसको महाधिवेशन हुने संभावना न्यून रहेको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन्। सोमबार गृहनगर विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले कांग्रेसको इतिहासमा बहुमतबाट महाधिवेशन तोकिएकोमा समेत असन्तुष्टि जाहेर गरेका छन्।
कोइरालाले महाधिवेशन २०७७ सालको मंसिरभित्र सम्पन्न गर्न उत्तम हुने सुझाव दिएका छन। नेता कोइरालाले भने, ‘तोकिएको हालको मितिमा महाधिवेशन गर्दा त्यसको असर स्थानीय तहको निर्वाचनमा पर्न सक्छ। एकमहिनाको अवधिमा वडा, गाँउ, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन गर्न पनि सहज र संभव छैन।’
कांग्रेसको महाधिवेशन विगतदेखिनै सहमतिमा हुँदै आएको परम्परा यसपटक पार्टी सभापतिको बहुमत प्रदर्शनका कारण तोडिएकोमा गुनासो गरेका छन। उनले भने, ‘विगतमा सहमतिमै हुँदै आएको कुरामा समेत पार्टीले बहुमतको सहारा लिएको छ। सभापतिलाई मेरो सुझाव छ। सहमतिबाटै अघि बढौँ र मंसिर भित्र महाधिवेशन सकौं।’
कार्यतालिकाको विषयमा सहमति गराउने जिम्मेवारी सभापतिको भएकोले उहाँले नेताहरुसँग लचिलो भएर अघि बढ्नुपर्ने सुझाव कोइरालाको छ।
बेल्ट रोड इनिसिएटिम भर्सेज मिलिनियम च्यालेञ्ज कर्पोरेशन
नेपाली कांग्रेस ५५ अर्ब अमेरिकी डलरको अनुदानको कार्यक्रम मिलिनियम च्यालेञ्जको पक्षमा रहेको कोइरालाको भनाइ छ।
विद्युत ट्रान्समिसन तथा सडक निर्माणमा विशेष ग्राहयता दिइएको एमसिसीलाई लिएर अघि बढ्नु नै सान्दर्भिक हुने उनले बताएका छन्।
चीन र अमेरिकासँग रणनीतिक साझेदारका रुपमा नेपाललाई राख्न नहुनेमा जोड दिँदै कोइरालाले भने, ‘दुवै शक्तिशाली राष्ट्रसँगै रणनीतिक साझेदारको रुपमा अघि बढ्दा घातक अवस्था पुग्छौं। यसमा सरकारले विचार पुराउनु अत्यन्त आवश्यक छ।
सरकारले जतिसक्दो चाडै एमसिसीलाई संसदमा पुराउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘बीआरआइमा पनि सरकारले समर्थन गर्ने तर रणनीतिक साझेदारको रुपमा भने होइन्।’
यति होल्डिङ्स जग्गा प्रकरण
सरकार र सरकार प्रमुख नै नीजिसंस्था यतिको पृष्ठपोषकका रुपमा देखिएको उनले स्पस्ट पारेका छन। पूर्वराजा वीरेन्द्रको सम्पत्ती एकलौटी रुपमा कौडीको मूल्यमा सो संस्थाको पकडमा गएको छ।
रक्षामन्त्री ईश्वर पोखरेलले ती जग्गा नीजि क्षेत्रलाई नदिएर गौचरण बनाउने भनि दिएको अभिव्यक्तिमा असन्तुष्टि व्यक्त गर्दै कोइरालाले भने, ‘रक्षामन्त्रीको सो अभिव्यक्तीले समग्र नेपालीलाई हेपेको हो। ६ वर्षको समयावधी हुँदाहुँदै गल्फकोर्ष दिइनु आफैमा ठूलो भ्रष्ट्राचार हो। यो भन्दा ठूलो भ्रष्ट्रचार अरु कुनै होला र ?’
सरकार खोज्दैछु
पत्रकार सम्मेलनका क्रममा नेता कोइरालाले आफूले सरकार खोजिरहेको बताएका छन्। बहुमतमा सत्ताशिन सरकार पूर्वाग्रही ढंगबाट अघि बढिरहेको बताएका कोइरालाले प्रदेश ३ को नाम र राजधानी तोक्ने अधिकार कसरी भयो उनले प्रश्न गरेका छन।
सत्तामा रहेका दम्भसँगै नेकपाको सचिवालयले प्रदेश ३ को नाम र राजधानी तोक्न मिल्छ उनले प्रश्न गरेका छन।
प्रदेश सरकारले गर्नुपर्ने कार्यमा समेत हस्तक्षेप गर्दै नेकपा सचिवालयले प्रदेश एकको नाम र राजधानी तोकेको थियो। उनले भने, ‘प्रदेशको नाम राजधानी पार्टीले तोक्दै छ र म सरकार खोज्दैछु । सरकार कहाँ छ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया