असार २३, २०८२ सोमबार July 7, 2025

स्याउ एक फाइदा अनेकः यस्ता छन् स्याउ खानुका १० फाइदाहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्याउ नेपालमा मात्र नभएर संसारभर नै सबैभन्दा धेरै खरिद बिक्री हुने फलफूल हो । केरापछि यसको किनबेच अधिक हुने गरेको अनुमान छ ।

नेपालमा पनि केरापछि स्याउको खरिद बिक्री हुने गरेको विभिन्न अध्ययनमा देखिएको छ । नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ ।

नेपालमा आन्तरिक उत्पादनले सिजनको समयमा बजार नपाउँदा विभिन्न देशबाट आयात गरिएको स्याउ भने महँगोमा किनेर खानु पर्ने बाध्यता रहेको छ । स्याउ जुनसुकै समयमा खान मिल्ने एक स्वादिष्ट फल हो ।

व्यवसायीकाअनुसार नेपालमा चीन, भारत, अमेरिका, युरोपका विभिन्न देशबाट स्याउ भित्रिन्छ । आज हामीले स्याउका प्रमुख १० फाइदाका विषयमा जानकारी प्रस्तुत गर्दैछौँ ।

जुनसुकै रोगका बिरामीले खान मिल्ने

पोषक तत्वका कारण स्याउले हाम्रो शरीरलाई चाहिने तत्वहरु प्रदान गर्छ । यसमा भिटामिन र खनिज पनि पाइन्छ ।

स्याउ बिरामी हुँदा खानका लागि उपयोगी फल हो । यो जुनसुकै प्रकारका बिरामीले खान मिल्ने विभिन्न अध्ययनले देखिएको छ ।

मुटु रोगीका लागि फाइदा

मुटु रोगीका लागि स्याउ खानु राम्रो हो । स्याउमा नियासिन र फाइबर पाइन्छ । जसले कोलेस्ट्रोलको लेबललाई कन्ट्रोल गर्दछ । रगतमा चिनीको मात्रा पनि कन्ट्रोल राख्दछ ।

स्याउ सेवनले मुटुको रक्तनलीको समस्या, मांसपेशीमा हुने समस्या जस्ता घातक समस्यालाई कम गर्छ ।

एनिमियाको उपचारमा सहयोगी

स्याउ खाँदा एनिमियाबाट मुक्त गर्न मद्दत गर्छ । एनिमियाले मानिसको शरीरमा हेमोग्लोबिन कम हुँदै जान्छ ।

स्याउमा आइरन पर्याप्त मात्रामा पाइन्छ । त्यसैले नियमित स्याउ खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ ।

अनुहारमा चमक

स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले अनुहारमा रहेको समस्यालाई समाधान गर्न ठूलो मद्दत गर्दछ ।

अनुहारमा दाग, धब्बा हुने मान्छेले हरेक दिन एउटा स्याउ खाँदा गर्दा समस्या समाधान हुन्छ । अनुहारको छालामा पनि चमक आउँछ ।

तौल कम गर्न सहयोग

तौल घटाउनका लागि नियमित डाइटमा दुई वटा स्याउ समावेश गर्न चिकित्सकले सुझाव छ ।

स्याउमा पाइने पोषक तत्वले हाम्रो शरीरलाई बलियो बनाउँछ । स्याउ खाँदा भोक कम लाग्ने र तौल सन्तुलनमा जाने चिकित्सकको दावी छ ।

स्मरण शक्ति बढ्छ

स्याउमा भिटामिन ए, बि, सि, क्याल्सियम, पोटासियम तथा एन्टिअसिडेन्ट भरपुर मात्रामा पाइन्छ । यसले मस्तिष्कमा रक्तसञ्चारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

स्याउ सेवनले मस्तिष्कमा रहेको तनाव कम गर्छ । यसले स्मरण शक्ति बढ्ने गर्छ । दैनिक स्याउ सेवनले अल्जाइमरको खतराबाट मुक्त दिलाउँछ ।

फोक्सोको सफाइ

स्याउको नियमित सेवनले फोक्सोको सफाइमा विशेष भूमिका खेल्छ । पाचन प्रणाली स्वस्थ राख्न यसले मद्दत गर्छ ।

पेटमा भएका विभिन्न स्वास्थ्य समस्या समाधानमा पनि स्याउले सहयोगी भूमिका निर्वाह गर्छ ।

मिर्गौलाको पत्थरी काम गर्न

स्याउको नियमित सेवनले मिर्गौलाको पत्थरी भएका व्यक्तिलाई सहयोग गर्छ । यसले पत्थरी रोक्ने र स-साना पत्थरीलाई पिसाबको माध्यमबाट बगाउन मद्दत गर्छ ।

निमोनियाको जोखिम कम गर्न

स्याउमा पाइने विभिन्न तत्वले एन्टिब्याटेरियल इम्युन क्षमता बढाएर निमोनियाजस्ता रोगको जोखिम कम गर्छ ।

यसमा पाइने धेरै प्रकारका खनिज तथा भिटामिनले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढवा दिन्छ ।

आँखाको दृष्टि राम्रो

स्याउमा भिटामिन ए पाइन्छ । जसले आँखाको दृष्टि बढाउन मद्दत गर्दछ ।

दैनिक रुपमा स्याउ खाँदा आँखाको दृष्टि बढ्ने मात्र नभई आँखामा हुने अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ । -एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया