श्रावण २७, २०८३ बुधबार August 12, 2026

जहाज चढ्दा फोन किन ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ ? यस्तो छ जान्नैपर्ने कुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः प्लेन अर्थात हवाई जहाजमा चढ्नासाथ मोबाइललाई एयरप्लेन मोडमा राख्नुपर्छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । तर के तपाईंलाई थाहा छ, यस्तो बेला मोबाइललाई फ्लाइट मोडमा राख्नु किन अनिवार्य हुन्छ ? यदि फ्लाइट मोड अन गरिएन भने फ्लाइटलाई के असर पर्छ ?

प्लेनमा कुनै किसिमको गडबढी उत्पन्न त हुँदैन ? वास्तवमै यसको असर कस्तो हुनसक्छ ? आज हामी तपाईंलाई यसबारेमा बताउँदै छौं ।

प्लेनमा चढेपछि फ्लाइट मोड अन गर्दा पाइलटसँगै तपाईंलाई पनि फाइदा पुग्छ । तर कसरी ? जब प्लेन हावामा टेक अफ लिन्छ, तब पाइलटलाई तल जमिनमा रहेका टावरसँग सञ्चार गर्न सिग्नल प्राप्त हुन्छ ।

त्यसपछिको अवस्थामा जमिनमा हुने टावरहरुले पाइलटहरुलाई आवश्यक दिशा निर्देश गर्दछन् । यस्तो सञ्चार रेडियो फ्रिक्वेन्सीको माध्यमबाट हुने गर्दछ । पाइलटले हेडफोन लगाइरहेको त तपाईंले देख्नु भएकै होला ।

उक्त हेडफोनबाट पाइलटले कन्ट्रोल टावरको निर्देशन सुनिरहेको हुन्छ । जब प्लेनमा रहेको कुनै व्यक्तिले आफ्नो मोबाइलको फ्लाइट मोड अर्थात एयरप्लेन मोड अन गर्छ, तब त्यसमा रहेको सिमकार्डले जमिनमा रहेका मोबाइल टावरहरुको सिग्नल फेला पार्न स्क्यान वा सर्च गर्न थाल्दछ ।

मोबाइलमा हुने यस किसिमको गतिविधिले पाइलट र ग्राउन्ड स्टेसनबीचको सञ्चार सम्पर्कलाई बिगार्न वा असर पार्न थाल्दछ । अर्थात उक्त सञ्चार सम्पर्कलाई अवरुद्ध पार्ने कोशिश गर्दछ ।

जसले गर्दा पाइलटको हेडफोनमा तल ग्राउन्ड स्टेसनको कन्ट्रोल रुमको आवाजको साटो तपाईंको मोबाइलको फ्रिक्वेन्सी अवरोधले झिरझिर आवाज आउन थाल्दछ ।

जब प्लेनमा बसेका जति धेरै यात्रुहरुले आफ्नो मोबाइल फोनमा एयरप्लेन मोड अन गरेका हुन्छन्, त्यसले त्यतिनै मात्रामा पाइलट र कन्ट्रोल टावरबीचको सञ्चारलाई अवरोध गर्दै जान्छ अनि पाइलटले प्राप्त निर्देशन सुन्नै नसक्ने अवस्था आउँछ ।

यसबाट पाइलटले अगाडिको मौसम कस्तो छ, कुनै अर्को फ्लाइट गइरहेको त छैन यस्ता निकै महत्वपूर्ण सूचना पाइलटको कानसम्म पुग्न पाउँदैनन् । प्लेन चलाउने पाइलटको मात्र होइन, फ्लाइट सुरक्षित र सही दिशामा उचित रुपमा उड्नका लागि ग्राउन्ड स्टेसनमा हुने कन्ट्रोल रुमको समेत महत्वपूर्ण भूमिका हुने गर्दछ ।

यसबाहेक तपाईंको मोबाइलमा टावरको सिग्नल सर्च गर्ने क्रममा तात्ने समस्या पनि देखिन थाल्दछ । यी दुवै कारणले गर्दा फोनमा एयरप्लेन मोड राखिएको हुन्छ र उडानका दौरान त्यसलाई अन गर्नुपर्ने नियम बनाइएको हो । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार