असार २३, २०८२ सोमबार July 7, 2025

बागलुङको आठ कार्यालय र १९ घरमा तोडफोड र चोरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ। मङ्गलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय, प्रभा मावि, जनजीवराज सुशीला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल र रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।

निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रष्ट बनाएको गौतमको भनाइ छ। कागजात राख्ने दराज तोडफोड र सिसी क्यामेराको तारसमेत काटिएको छ। सामान भने हराएको अहिलेसम्म देखिएको छैन। यद्यपि यसबारेमा सामान चेकजाँच भइरहेको छ। चोरले वडा नं ३ को वडा कार्यालय तोडफोड गरेको छ भने त्यहाँबाट रु ६०० चोरेको सूचना अधिकारी गौतमले बताए। वडा नं ४ को कार्यालय पनि तोडफोड भएको छ ।

कार्यालय तोडफोडसँगै रु ११ हजारसमेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नं ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ। वडा नं ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत तोडफोड गरेको छ। तीन विद्यालयमा तोडफोड भए पनि कुनै सामान हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले जानकारी दिए। बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यालयको ढोका तोडफोड गरी रु १० हजार चोरी भएका विद्यालयले जनाएको छ। चोरी गर्ने समूहले विभिन्न कार्यालयसँगै– १९ घरमा तोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ ।

वडा नं २ मा २ र वडा नं ३ मा गरेर १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको सूचना अधिकारी गौतमले बताए। वडा नं– ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद चोरी गरेको गाउँपालिकाले जनाएको छ। विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट रु १० लाख बराबरको नगद र जिन्सी चोरी भएको उनले जानकारी दिए। राति तोडफोड तथा चोरी भए पनि स्थानीयवासी र कर्मचारी, जनप्रतिनिधिले बिहान मात्रै थाहा पाएका थिए ।

प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। गाउँपालिकाको कार्यालय भने बिहान ७ बजे कर्मचारी आउँदा ढोका खुल्लै देखेपछि प्रहरीलाई खबर गरिएको थियो। गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयको निरीक्षण गरेर क्षति विवरण तयार पारिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

उनले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरमा लाखौँको चोरी भएको जानकारी दिए। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको र आवश्यक अनुसन्धान भइरहेको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार