काठमाण्डौंः वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगितामा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकाको टोलीबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ ।
आज भएको सेमिफाइनल खेलमा चिंगाड गाउँपालिकालाई ३–२ गोलअन्तरले हराउँदै वीरेन्द्रनगर अन्तिम चरणमा प्रवेश गरेको हो । आइतबार उपाधि विजेताका लागि वीरेन्द्रनगर र पञ्चपुरीबीच प्रतिस्पर्धा हुनेछ ।
कांक्रेविहार युवा क्लब सुर्खेतको आयोजनामा सञ्चालन भइरहेको यो अन्तरपालिकास्तरीय प्रतियोगिता हो । क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले गोल्डकप विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार तथा ट्रफी पाउने बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया