असार २४, २०८२ मंगलबार July 8, 2025

छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको गोंगबुमा आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन्।

प्रहरीका अनुसार टोखा नगरपालिका वडा नम्बर ९, गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० घर भएका ४० वर्षीय गणेश तामाङलाई पक्राउ गरिएको हो।

उनले आफ्नै २२ वर्षीया छोरीलाई मंगलबार राति बलात्कार प्रयास गरेको आरोप लागेको छ। अहिले आरोपित तामाङलाई महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ भने पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको प्रहरीले जानकारी दिएको छ।

राति करिब साढे १ बजे आफ्नै छोरीलाई आफ्नै कोठामा बलात्कार गर्न खोजेको भन्ने खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले आरोपित गणेशलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएपछि आरोपित गणेशलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइएको थियो। उच्च रक्तचाप भएका उनलाई उपचारपश्चात् महानगरीय प्रहरी वृत्त महाराजगन्ज ल्याइएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ। घटनास्थल महाराजगन्ज महानगरीय प्रहरी वृत्तदेखि अन्दाजी ३ किमि पश्चिम पर्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार