असार २३, २०८२ सोमबार July 7, 2025

कर्णाली प्रदेशः खेलकुद ऐन पनि अध्यादेशबाटै संशोधन (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चालू आर्थिक वर्षको योजना अध्यादेशको बाटो रोजेर ल्याएको कर्णाली सरकारले ऐनहरू पनि अध्यादेशकै बाटोमा संशोधन र पारित गर्न थालेको छ ।  राजनीतिक किचलोका कारण प्रदेशसभा बैठक सञ्चालन नभएकाले ऐन संशोधन गर्न पनि अध्यादेशको बाटो रोज्नुपरेको हो ।

केही दिनअघि प्रदेश लोकसेवा आयोग ऐनलाई संशोधन गरेको प्रदेश सरकारले खेलकुद ऐन पनि अध्यादेशकै माध्यामबाट संशोधन गरेको छ ।  कर्णाली प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आईतबार अध्यादेश जारी गरेका हुन् । – रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया