असार २५, २०८२ बुधबार July 9, 2025

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः भारतको लज्जास्पद हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो हार ब्यहोरेको छ । दुबई अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले न्युजिल्याण्डलाई १ सय ११ रनको लक्ष्य दिएको थियो । यसलाई न्युजिल्याण्डले १४ ओभर ३ बलमा २ विकेटको नोक्सानिमा पुरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले सर्वाधिक ४९ रन जोडे भने कप्तान केन विलियम्सनले अविजित रहँदै ३३ रन बनाउन सफल भए ।

भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतका लागि रविन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । हार्दिक पाड्याले २३ रन बनाए भने केएल राहुलले १८ रन जोडे ।

साथै, कप्तान विराट कोहली ९ रन मात्र बनाउन सके । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए । साथै, इस सोधीले २ विकेट लिए भने टिम साउथी र आदम मिल्नेले समान १-१ विकेट लिए । यस जितसँगै समूह २ को न्युजिल्याण्ड २ खेलमा २ अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ । अंक विहीन रहेको भारत समूहको पाँचौं स्थानमा रहेको छ । भारतको यो लगातार दोस्रो हार हो । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया