श्रावण २६, २०८३ मंगलबार August 11, 2026

साओमीका ३ स्मार्टफोन सार्वजनिक – १५ मिनेटमै फुल चार्ज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साओमीले आफ्नो लोकप्रिय रेड्मी  नोट  सिरिजमा सफलता पाइरहेको छ । कम्पनीले रेड्मी नोटको नयाँ सिरिज नोट ११ बजारमा ल्याएको छ । कम्पनीले पहिलो पटक चिनियाँ बजारमा रेड्मी नोट ११, रेड्मी नोट ११ प्रो र रेड्मी नोट ११ प्लस गरी तीन मोडलमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

१०८०*२४०० पिक्सेल  रेजोलुसन भएको रेड्मी  नोट  ११ मा ९० हर्ज रिफ्रेश रेट युक्त  फुल एचडी सपोर्ट सहितको ६.५१ इन्च सुपर एमोलेड डिस्प्ले राखिएको छ। यसले स्क्रिनलाई ४०४ पिक्सेल पर ईन्च (PPI) को पिक्सेल डेन्सिटी दिन्छ । पावर र भोलुम बटन फोनको दायाँतर्फ छन् ।

फोनमा सेल्फी क्यामेरामार्फत खुल्ने फेस अनलक र फिङ्गरप्रिन्ट सेन्सरको सुविधा छ । रेड्मी नोट ११ प्रो र ११ प्रो प्लस भेरियन्टमा १२० हर्ज रिफ्रेश रेट रहेको ६.६७ ईन्चको एमोलेड स्क्रिन राखिएको छ ।

पर्फर्मेन्स, स्टोरेज र क्यामेरा

रेड्मी नोट ११ मा  मिडिया टेक डाइमेन्सिटी ८१० फाइभजी ओक्टा-कोर चिपसेट प्रोसेसर छ । एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित मियूआई संस्करणमा चल्ने नोट ११ सिरिजमा क्वाड रियर क्यामेरा अर्थात् पछाडि भागमा चार ओटा क्यामेराको सेटअप छ ।

रेड्मी नोट ११ मा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, आठ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर, समान दुई मेगा पिक्सेलका अन्य लेन्स छन् । फोनको अगाडि भागमा  सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्नका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।

प्रो तथा प्रो प्लस भेरियन्टमा डाइमेन्सिटी ९२० चिपसेट राखिएको छ भने मेमोरीको रुपमा दुवैमा ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी गरी तीन ओटा विकल्प छन् ।

१०८ मेगापिक्सेलको मेन क्यामेरा राखिएका यी दुवै मोडेलमा दुवैमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेराको साथमा २ मेगापिक्सेलको टेलिम्याक्रो लेन्स राखिएको छ । साथमा जेबीएलको साउन्ड प्रयोग गरिएको छ ।

ब्याट्रीचार्ज र कनेक्टिभिटी

लामो ब्याकअप प्रदान गर्नका लागि रेड्मी  नोट  ११ मा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले यूएसबी  टाइप सी  पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरेको छ ।

यसैगरी ५१६० एमएएच क्षमताको ब्याट्री राखिएको रेड्मी नोट ११ प्रोमा ६७ वाटको फास्ट चार्जिङ रहेको छ । जसबाट ४३ मिनेटमा फुल चार्ज हुने कम्पनीको दाबी छ ।

त्यस्तै रेड्मी नोट ११ प्रो प्लसको सबैभन्दा आकर्षक फिचर भनेको यसमा १२० वाट फास्ट चार्जिङ दिइएको छ । जसले यसमा राखिएको ४५०० एमएएच क्षमताको ब्याट्रीलाई करिब १५ मिनेटमै फुल चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।

त्यस्तै कनेक्टिभिटीका लागि यसमा  वाई-फाई, ब्लुटुथ ५ .१, फोरजी भोल्टे, यूएसबी ओटीजी र जीपीएस जस्ता सुविधाहरू छन् । डुअल नानो सिम सपोर्ट गर्ने तीनै फोनमा फाइभजी सपोर्ट पनि छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार