असार २३, २०८२ सोमबार July 7, 2025

बेचिन लागेका २४२ जना महिला र बालबालिकाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २४२ जना महिला तथा बालबालिकाहरुको उद्धार भएको छ ।
एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।

भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका छन् ।

महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग बढिरहेको माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवाको अध्ययनले देखाएको छ ।

मानव तस्करहरुले महिला र बालदबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ । माइती नेपालमा सन् २०१९ मा खोजतलास सम्बन्धी ७३ वटा निवेदन परेकोमा २३ जना महिला तथा बालबालिका फेला परेका छन् ।

माइती नेपाल क्षेत्रीय कार्यालय प्रमुख माया क्षेत्रीका अनुसार आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् ।

खुला सीमा नाका भएको कारणले रुपन्देहीको बेलहिया नाकामा बेचबेखिनको उच्च जोखिम बढेको ‘उनले बताइन् । ‘आकर्षक रोजगारी र बिहे गर्ने प्रलोभनमा पारेर विभिन्न गिरोहले आफ्नै नातेदारको बहाना बनाएर भारतका विभिन्न स्थानमा बेचबिखनका लागि पुर्‍याउने गरेका छन्,’ क्षेत्रीले भनिन्, ‘ भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको छ ।’

घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको क्षेत्रीले बताइन् ।

उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आयमूलक काममा लगाउन माइती नेपालले सहयोग गर्दै आएको छ ।

मानव बेचबिखनमा मानव तस्करहरु सक्रिय भइरहँदा उद्धारमा खटिने एउटा पनि सरकारी संयन्त्र गठन हुन नसकेको तथा मानव बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर नभएको माइती नेपालको गुनासो छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार