असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको विरोध हुन थालेको छ।
नेवार समुदायका अभियन्ताहरुले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका हुन्। अभियन्ता मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताएका छन्। उक्त निर्णय गैर संवैधानिक र संघीयता विरोधी भन्दै उनले प्रदेशको नाम बाग्मती कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्।

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेवा ताम्सालिङ राज्य बनाउनुपर्छ भनेर पहिले देखि नै आन्दोलन जारी रहेको स्मरण गर्दै नेकपाले गरेको निर्णयको विरुद्ध नेवार समुदाय एकजुट हुने बताएका छन।

आन्दोलनको तयारी भइरहेको छ। यसले जस्तोसुकै तानाशाहीलाई पनि सडकमा ल्याएर पछार्ने स्थिती आउँछ’, उनले भने। राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधाररमा ल्याउन संघीयता आएको भन्दै उनले प्रदेश नम्बर ३ लाई नेवा ताम्सालिङ नामाकरण गर्नुपर्ने बताएका छन।

उनले संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग भएको सम्झौताबाट प्रधानमन्त्री पछि हटेको प्रति कडा टिप्पणी समेत गरेका छन्। नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गर्दै प्रदेशसभालाई निर्देशन दिएको थियो।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडलले नाम र राजधानीका विषयमा शीर्ष नेतृत्वबाट निर्देशन आउनुपर्ने बताउँदै आएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार